स्केटिङ संघमा खनालको निरन्तरता


काठमाडौँ — नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ संघको चुनावी साधारणसभाले अच्युत खनाललाई अध्यक्षमा निरन्तरता दिएको छ ।


शुक्रबार चयन १३ सदस्यीय केन्द्रीय कार्यसमिति उपाध्यक्षमा सीमान्त उदास, जागृत पहाडी र अमिरकुमार श्रेष्ठ, महासचिवमा सत्य थापा, सचिवमा दिनेश बजगाईं, सहसचिवमा डिक्रकुमार घिमिरे र कोषध्यक्षमा रत्नकुमारी राई रहेका छन् । सदस्यमा राजकुमार घिमिरे, सिजम सिन्जाली, सन्दीप नेपाली, दीपेश आचार्य र माइकल बस्नेत चुनिए ।
नवनिर्वाचित पदाधिकारीलाई राखेपका खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत मीनकुमार शर्माले पद तथा गोपनीयताको शपथ गराए ।
प्रकाशित : जेष्ठ २६, २०८० २१:३९