कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : थप दुई विधाको मनोनयन सार्वजनिक

अर्जुन शाह

धनगढी — धनगढीमा हुन लागेको चौथो एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्डको थप दुई विधाको मनोनयन सार्वजनिक भएको छ । सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा पदक विजेता प्रशिक्षक खेलाडीहरुलाई समेटेर मनोनयन सार्वजनिक गरेको हो ।

एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : थप दुई विधाको मनोनयन सार्वजनिक

सारथी अस्पताल वर्ष प्रशिक्षक विधामा कुस्तीका राजेन्द्र चन्द, भारोत्तोलनका जीवन गौतम र क्रिकेटका जगत टमटा मनोनयनमा परेका छन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अनुसार चन्दको प्रशिक्षणमा सुदूरपश्चिमले ९औं राष्ट्रिय खेलकुदमा पाँच स्वर्ण पदक जितेको थियो । उनकै प्रशिक्षणमा नेपालले १३औं दक्षिण एसियाली खेलकुदमा संगीता धामीले ३६ वर्षपछि नेपाललाई कुस्तीमा स्वर्ण पदक जिताएकी थिइन् ।

यस्तै ९औं राष्ट्रिय खेलकुदमा कुस्तीपछि सबैभन्दा बढी स्वर्ण पदक जिताउने प्रशिक्षक हुन् जीवन गौतम । भारोत्तोलनमा उनको प्रशिक्षणमा सुदूरपश्चिमले भारोत्तोलनमा तीन स्वर्ण पदक जितेको थियो । क्रिकेट प्रशिक्षक टमटाको नेतृत्वमा नेपाल यु-१९ विश्वकपको लागि छनोट भएको छ । उनले ८ वर्षपछि नेपाललाई यु-१९ विश्वकपमा पुर्‍याएका थिए । उनकै नेतृत्वमा नेपाली महिला क्रिकेट टीमले पनि विभिन्न प्रतियोगिता खेलेको थियो ।

निसर्ग हस्पिटल वर्ष युवा खेलाडीको मनोनयनमा भारोत्तोलनका हेमन्त पाल, क्रिकेटकी अनु कठायत र क्रिकेटकै हेमन्त धामी मनोनयनमा परेका छन् । पालले ९औं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेका छन् । उनले पहिलो सहभागिताको राष्ट्रिय खेलकुदमा १७ वर्षको उमेरमा स्वर्ण पदक जितेका हुन् । अनुले उमेर समूहबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाएकी छिन् । उनले यु-१९ विश्वकप महिला एसिया छनोटमा सहभागिता जनाउँदै उत्कृष्ट प्रदर्शन गर्दै घरेलु उमेर समूहको प्रतियोगितामा पनि सुदूरपश्चिमलाई जिताउन भूमिका खेलेकी थिइन् । क्रिकेटका धामीले नेपाललाई यु-१९ विश्वकपमा नेपाललाई छनोट गराउन उत्कृष्ट प्रदर्शन गरेका थिए ।

सुदूरपश्चिम आईकन पुरुष र सुदूरपश्चिम आईकन महिला विधाअन्तर्गत फेन्सिङका जलेन्द्र शाही, कराँतेका आनन्द कामी र फुटबलका जियारत सेख मनोनयनमा परेका छन् । सुदूरपश्चिम आईकन महिलामा कुस्तीकी मनिषा सिंह, फुटबलकी दिपा रोकाया र क्रिकेटकी कविा कुावर मनोनयनमा परेकी छिन् ।

सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको ‘चौथो एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष गरी विभिन्न आठ वटा विधामा मनोनयनमा परेकाहरुलाई आगामी असार ८ गते अवार्ड प्रदान गरिने आयोजकले बताए ।

अध्यक्ष पाठकका अनुसार उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने छ । यस्तै, आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रकाशित : जेष्ठ २५, २०८० १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?