कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इटहरीमा मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने

विजेतालाई ३ लाख रुपैयाँ
अर्जुन सुवेदी

सुनसरी — इटहरीमा मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता(रात्रिकालीन) हुने भएको छ । जेठ २९ गतेदेखि ३२ गतेसम्म प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशको आयोजना तथा जिल्ला भलिबल संघ सुनसरीको संयोजनमा प्रादेशिक रंगशाला, इटहरीमा प्रतियोगिता हुन लागेको हो । विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने बिहीबार बिहान आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

इटहरीमा मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले नगद ५५ हजार रुपैयाँ पाउने छन् । यस्तै, उत्कृष्ट विधाहरु अन्तर्गत बेस्ट स्पाइकर, ब्लकर, सर्भर, सेटर र डिफेन्डरलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिने बताइएको छ ।

प्रतियोगितामा तीन विभागीयसहित ६ टिमको सहभागिता रहने आयोजक प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेले जानकारी दिए । विभागीय टिम नेपाल आर्मी, नेपाल पुलिस र एपीएफसहित वाग्मती, लुम्बिनी र कोशी प्रदेश टिम सहभागी हुने निश्चित भएको वाग्लेले जानकारी दिए । कुल २५ लाख रुपैयाँ खर्च हुने प्रतियोगितामा प्रत्येक टिमका १२ खेलाडी, एक प्रशिक्षक र एक व्यवस्थापक गरी १४ जनालाई यातायात खर्च र नियम अनुसार दैनिक भ्रमण भत्ता उपलब्ध गराइने पनि आयोजकले जनाएको छ ।

अत्यधिक गर्मीको मौसम रहेकाले प्रतियोगिता रातिको समयमा आयोजना गर्न लागिएको सुनसरी जिल्ला भलिबल संघका अध्यक्ष विक्रमबाबु थापाले बताए । यसअघि प्रतियोगिता जेठ १८ देखि २१ गतेसम्म इटहरीमै आयोजना गर्ने कार्यतालिका रहे पनि सदस्य सचिव बर्खास्ती प्रकरणले ढिलाइ भएको हो । मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता भने गत वैशाख १४ देखि १७ गतेसम्म झापाको दमकमा सम्पन्न भइसकेको छ ।

प्रकाशित : जेष्ठ २५, २०८० १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?