बक्सिङको एसियाड दोस्रो चरण छनोट


काठमाडौँ — एसियाली खेलकुदका लागि बक्सिङको दोस्रो चरणको छनोटअन्तर्गत सोमबार महिला ५० केजीमा नक्सालकी शुष्मा तामाङले एचटूओकी अस्मिता दुवाललाई ४:१ को स्पिलिट डिसिजनको आधारमा हराएकी छन् ।


५४ केजीमा आर्मीकी मीनु गुरुङले बक्समाण्डुकी अञ्जली तेलीलाई ३:२ को स्पिलिट डिसिजनको आधारमा हराइन् । ५७ केजीमा आर्मीकी चन्द्रकला थापाले एपीएफकी नीता तामाङलाई ५:० को आधारमा पराजित गरिन् भने ६० केजीमा एपीएफकी संगिता सुनारले आर्मीकी वर्षा श्रेष्ठबाट वाकओभर पाइन् ।
६६ केजीमा एपीएफकी विनिता थापामगरले आर्मीकी निरु गुरुङलाई ५:० को युनानिमस डिसिजनमा पराजित गदा ७५ केजीमा एपीएफकी सरस्वती राना मगरले आफ्नै क्लबकी मनीता राईमाथि ५:० को युनानिमस डिसिजनमा जित पाइन् ।
पुरुष ५१ केजी तौलमा एनपीसीका चन्द्र थापाले यचटुओका रविन थापालाई ३:२ को स्पिलिट डिसिजनको आधारमा हराए । ५७ केजी तौलमा एचटूओका बुद्ध ग्याल्मो लामाले बोसीगाउँका सुलभ मालीलाई ५:० अंकका आधारमा पराजित गरे ।
६३.५ केजी तौलमा पुलिसका भूपेन्द्र थापामगरले जेनेक्सका मौसम रानामगर, ७१ केजी तौलमा आर्मीका दीपेश लामाले सुदूरका भरत चन्द र ८० केजी तौलमा आर्मीका दीपक श्रेष्ठले बक्समाण्डुमा मनोज तामाङलाई पराजित गरे । ९२ केजीमा एपीएफका रविन नेपालले वाकओभर पाए ।
प्रकाशित : जेष्ठ १५, २०८० २२:१८