कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

मुम्बई इन्डियन्सलाई हराउँदै गुजरात टाइटन्स आईपीएल फाइनलमा

काठमाडौँ — शुभमन गिलको उत्कृष्ट १ सय २९ रनमा गुजरात टाइटन्सले शुक्रबार इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सलाई ६२ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । अब उपाधिको भिडन्तमा गुजरातले चेन्नई सुपर किंग्सको सामना गर्नेछ ।

मुम्बई इन्डियन्सलाई हराउँदै गुजरात टाइटन्स आईपीएल फाइनलमा

गिल्सले ६० बलको आफ्नो इनिङ्समा आक्रामक प्रदर्शन गरे । पहिले ब्याटिङ गरेको गुजरातले तीन विकेटको क्षतिमा २ सय ३३ रन बनाएको थियो ।

साई सुदर्शनसँग दोस्रो विकेटका लागि १ सय ३८ रनको साझेदारी गरेको गिलले सात चौका र १० छक्का प्रहार गरे । सुदर्शनलले ४३ रन बनाए । गिलको यो चार आईपीएल इनिङ्समा तेस्रो शतक हो ।जवाफमा पाँच पल्टको च्याम्पियनले १८.२ ओभरमा अलआउट हुनु अगाडि १ सय ७१ रन मात्र बनाउन सक्यो ।

मुम्बईलाई सस्तोमै समेट्न फास्ट बलर मोहित शर्माले प्रमुख भूमिका निभाए । उनले १० रन दिएर पाँच विकेट लिए ।

प्रकाशित : जेष्ठ १३, २०८० ०६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×