मनाङसँग चर्च ब्वाइजको बराबरी

कान्तिपुर संवाददाता

काठमाडौँ — सहिद स्मारक लिग ए डिभिजन ०७९–०८० को शीर्ष स्थानमा रहेको चर्च ब्वाइजले बिहीबार मनाङ मर्स्याङ्दीसँग गोलरहित बराबरी खेलेको छ । च्यासलमा भएको खेल जितेको भए चर्च ब्वाइजले शीर्षमा ५ अंकको अग्रता लिन सक्ने थियो ।

बराबरीले उसको ३८ अंक भयो । लगातार सातौं बराबरी खेलेको मनाङको भने २५ अंक भएको छ ।

बिहीबारको अर्को खेलमा फ्रेन्ड्सले सातदोबाटोमाथि ४–० को जित निकाल्यो । यस जितमा टोरिक जेब्रिनले २ गोल गरे ।

यस्तै रफिक इमानु र प्रकाश बुढाथोकीको नाममा १/१ गोल रह्यो । यो नतिजापछि फ्रेन्ड्सको २४ अंक भएको छ । सातदोबाटो भने २९ अंकमै सीमित रह्यो ।


प्रकाशित : जेष्ठ ११, २०८० १८:४३
प्रतिक्रिया
पठाउनुहोस्

नमोबुद्धको वार्षिक प्रगति : निःशुल्क स्वास्थ्य सेवादेखि घरदैलोमै सामाजिक सुरक्षा भत्ता

ज्योति श्रेष्ठ

काभ्रे — स्थानीय तहको निर्वाचन २०७९ बाट निर्वाचित भएका काभ्रेको नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधिले एक वर्षको कार्य सम्पादन गरिसकेका छन् ।

एक वर्षको अवधिमा गरिएको कामको सम्पादनका बारेमा नगरपालिकाले बिहीबार वार्षिक समीक्षा कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा एक वर्षमा नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले एक वर्षको कार्य समीक्षाबारे प्रस्तुती दिएका थिए ।

एक वर्षको कार्य सम्पादनमा नगरपालिकाले निःशुल्क स्वास्थ्य परीक्षणदेखि घरदैलोमै सामाजिक सुरक्षाका कार्यक्रमहरू सञ्चालन गरेको नगरपालिकाका प्रमुख कुन्साङ लामाले बताए । उनका अनुसार नमोबुद्ध नगरपालिकामा १८ वर्षभन्दा माथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षणको सुरुआत गरिएको छ । नसर्ने रोगको प्रकोप देखिएको भन्दै नगरपालिकाले रक्तचाप, मधुमेह (सुगर), अल्कालीन, प्रोटिन परीक्षण निःशुल्क र एक वर्षसम्म निःशुल्क औषधिको व्यवस्था मिलाइएको हो ।

परीक्षण गर्दा स्वास्थ्य समस्या देखिएकालाई नमोबुद्ध–४ स्थित मेथिनकोट अस्पतालबाट थप परीक्षण गरी एक वर्षसम्म औषधिसमेत निःशुल्क उपलब्ध गराइने प्रमुख लामाले जानकारी दिए । नगरपालिकाका ११ वटै वडाका विभिन्न १०७ स्थानबाट स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै, नमोबुद्ध नगरपालिकाले घरदैलोमा नै सामाजिक सुरक्षा वितरण थालिएको वार्षिक समीक्षा कार्यक्रममा जानकारी गराइएको थियो । नरले पूर्ण अशक्त वर्ग, बैंकिङ सेवासम्म पुग्न नसक्ने लाभग्राहीहरूलाई चौमासिक रुपमा भत्ता वितरण गर्न वित्तीय संस्थाहरूसँग समन्वय र सहकार्य गरी घरदैलोमा नै घुम्ती बैंकिङ सेवा उपलब्ध गराउँदै आएको नगरपालिकाका प्रमुख लामाले बताए ।

निःशुल्क स्वास्थ्य परीक्षण, घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमसँगै नगरपालिकाले बालमैत्री स्थानीय शासन सुरुआत गरिएको कार्यक्रममा जानकारी गराइएको थियो । नगरपालिकाको टोली बालमैत्री स्थानीय शासन अध्ययन गर्न नेपालको पहिलो बालमैत्री नगर सुनवल पुगेर बालमैत्री नगर घोषणाको तयारी, यसको दिगोपनालगायत विविध पक्षबारे जानकारी लिएको नगरपालिकाका प्रमुख कुन्साङ लामाले बताए । उनका अनुसार सबै विद्यालयमा बालमैत्री सम्पर्क शिक्षक तोकिएको र ११ वटा वडामा बालमैत्री वडा समिति र बाल अधिकार वडा समिति पुनर्गठन भइसकेका छन् ।

प्रकाशित : जेष्ठ ११, २०८० १८:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×