क्रिकेट खेलाडीलाई राष्ट्रिय वाणिज्य बैंकले दियो १–१ लाख

काठमाडौँ —  राष्ट्रिय वाणिज्य बैंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीले गरेको योगदानको सम्मानार्थ जनही १ लाख रुपैयाँ पुरस्कार दिएको छ ।

क्रिकेट खेलाडीलाई राष्ट्रिय वाणिज्य बैंकले दियो १–१ लाख

खेलाडीलाई उत्प्रेरणा प्रदान गर्ने उद्देश्यले राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा टिम अफिसियललाई सोमबार एक समारोहबीच बैंकले सम्मान गरेको हो ।

हालै सम्पन्न एसीसी प्रिमियर कप २०२३ को विजेता राष्ट्रिय क्रिकेट टिमका १८ खेलाडीलाई जनही एक लाख र ८ जना टिम अफिसिलयललाई जनही ५० हजार रुपैयाँ बैंकले प्रदान गरेको हो ।

नेपालले हालै सम्पन्न डिभिजन २ को प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी विश्वकप छनोट खेलमा सहभागी हुने अवसर पाएको छ ।


प्रकाशित : जेष्ठ १०, २०८० ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?