कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९४

एनआरटीसँग बराबरीमा रोकियो जावलाखेल

काठमाडौँ — जावलाखेलले सहिद स्मारक लिग ए डिभिजन ०७९–०८० को शीर्ष स्थानमा उक्लने मौका बिहीबार गुमाएको छ । दशरथ रंगशालामा भएको खेलमा जावलाखेललाई एनआरटीले १–१ को बराबरीमा रोक्यो ।

दशरथ रंगशालामा भएको खेलमा जावलाखेलले ३७ औं मिनेटमा सुनिल खड्काको गोलले अग्रता लिएको थियो । तर जावलाखेलले त्यसलाई कायम राख्न सकेन् र एनआरटीले ५० औं मिनेटमा बराबरी गोल फकार्यो । यो गोल लालनुजामामा नाममा रह्यो ।

यो नतिजापछि जावालखेलको ३२ अंक भएको छ र दोस्रो स्थानमा रह्यो । यो शीर्ष स्थानमा रहेको र एक खेल कम खेलेको चर्च ब्वाइजसँग एक अंकको दूरी हो । एनआरटीको भने २३ अंक भएको छ ।

प्रकाशित : जेष्ठ ४, २०८० २०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?