कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

चर्च ब्वाइजको हारले जावलाखेल शीर्षमै

काठमाडौँ — चर्च ब्वाइजले सहिद स्मारक लिग ए डिभिजन ०७९–०८० को शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा चर्च ब्वाइज आर्मीको हातबाट १–० गोलले पराजित रह्यो । जावलाखेल र चर्च ब्वाइज दुवै समान ३० अंकमा रहे । ‘हेड टु हेड’को आधारमा जावलाखेल शीर्षमा रहेको हो ।

चर्च ब्वाइजको हारले जावलाखेल शीर्षमै

आर्मीको जितमा जेसनजिलेप्सी कार्कीले ४३ औं मिनेटमा निर्णायक गोल गरे । यो जितपछि आर्मीको २४ अंक भएको छ । लगातार चार खेलपछि चर्च ब्वाइजले यो हार बेहोरेको हो । आर्मीले भने चार खेलको जितहीन यात्रापछि पहिलो ३ अंक हात पार्न सफल रह्यो ।

शनिबार नै च्यासलमा भएको खेलमा मछिन्द्रले लय गुमाएको थ्रीस्टारलाई १–० ले हरायो । दुई पल्टको डिफेन्डिङ च्याम्पियन मछिन्द्रका लागि जापानी खेलाडी युता सुजुकीले नवौं मिनेटमा गोल गरे । यो जितपछि मछिन्द्रको २७ अंक भएको छ । थ्रीस्टार २५ अंकमै सीमित रह्यो । थ्रीस्टार पछिल्ला छ खेलमा जितहीन रहेको छ र यस अवधिमा उसले चार खेलमात्र प्राप्त गरेको छ । थ्रीस्टारले पछिल्ला तीन खेलमा कुनै गोल पनि गर्न सकेको छैन ।

प्रकाशित : वैशाख ३०, २०८० १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×