कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

वादोरियो कराते टोली मलेसियातिर

काठमाडौँ — १९ औं अन्तर्राष्ट्रिय ओकिनावा गोजुरियो इपोह सिटी खुला कराते प्रतियोगितामा नेपालका १० खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । त्यसका लागि नेपाली वादोरियो कराते टोली बुधबार मलेसिया गएको छ ।

वादोरियो कराते टोली मलेसियातिर

मे १२ देखि १४ सम्म हुने प्रतियोगिताको पुरुष २५ केजीमा देवकुमार साह, प्रजेश शाही र आरोन शेरचन, ३० केजीमा संगम कँडेल र सुशान्त खड्का तथा ३५ केजीमा रिदेश बस्यालले प्रतिस्पर्धा गर्नेछन् ।

महिला २५ केजीमा प्रसिद्धि शर्मा, ४० केजीमा समीक्षा सार्की, ४५ केजीमा वैष्णवी बर्मा र ५० केजीमा आकृति कँडेलले भाग लिनेछन् । प्रशिक्षकमा कमरुद्दिन अली, व्यवस्थापकमा शोभाकर पन्त र अफिसियलमा समी थापा शर्मा छन् ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका सदस्य अञ्जन धमला, नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसीलगायतले बिदाइ गरे ।

प्रकाशित : वैशाख २६, २०८० २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×