कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

हालान्डले बनाए गोलको कीर्तिमान

एएफपी

लन्डन — इर्लिङ हालान्डले इंग्लिस प्रिमियर लिगमा एकै सिजन ३५ गोलको नयाँ कीर्तिमानी बनाएका छन् । त्यसको मद्दतले म्यानचेस्टर सिटीले वेस्ट ह्यामलाई ३–० ले हरायो र लिग तालिकाको शीर्ष स्थानमा उक्लियो । यस्तै अर्को खेलमा लिभरपुलले फुलहमलाई १–० ले पराजित गर्‍यो ।

हालान्डले बनाए गोलको कीर्तिमान

यसअघि एन्डी कोल र एलान सिएररले एकै सिजन लिगमा ३४ गोल गरेका थिए । सिटीका लागि थप गोल नथान एके र फिल फोडेनले गरे । यो जितपछि सिटीको ३३ खेलबाट ७९ अंक भएको छ । एक खेल बढी खेलेको आर्सनलको ७८ अंक छ ।

लिभरपुलको जितमा भने मोहमद सलाहले पेनाल्टीबाट ३९ औं मिनेटमा गोल गरे । यससँगै क्लबको शीर्ष चारको झिनो सम्भावना कायमै भएको छ । लिभरपुलको यो लगातार पाँचौं जित हो । उसले ३४ खेलबाट ५९ अंक बटुलेको छ ।

प्रकाशित : वैशाख २१, २०८० ०६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×