१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नेपाली खेलाडीको प्रदर्शनमा खुसी छु : प्रशिक्षक देसाई

'एसिया कपका लागि उत्साहित छु'

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले एसीसी मेन्स प्रिमियर कपको उपाधि उचाल्दै एसिया कपमा स्थान बनाउँदा प्रदर्शन गरेको खेलमा आफू सन्तुष्ट रहेको बताएका छन् । 

नेपाली खेलाडीको प्रदर्शनमा खुसी छु : प्रशिक्षक देसाई

मंगलबार कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न फाइनल खेलमा संयुक्त अरब इमिरेट्सविरुद्धको खेलमा ७ विकेटको जित निकाल्दै एसिया कपमा स्थान बनाएसँगै खेलाडीको प्रदर्शनलाई प्रशंसा गर्दै आफू सन्तुष्ट रहेको प्रशिक्षक देसाईले बताएका हुन्।

प्रशिक्षक देसाईले एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्ने कुरा नयाँ सुनिने भए पनि सेप्टेम्बरमा आयोजना हुने प्रतियोगिताका लागि आफू उत्साहित रहेको बताए । प्रशिक्षक देसाईले एसिया कपसम्मको यात्रा तय गर्न निकै मेहनत गरेको र टोली सम्हालिसकेपछि टोलीका सदस्यहरूले प्रमाणित गर्न निकै मेहनत गरेको बताए ।

प्रशिक्षक देसाईको आगमनपछि नेपालले पछिल्लो समय ठूला प्रतियोगितामा राम्रो नतिजा निकालिरहेको छ । दुई महिनामा उत्कृष्ट लयमा रहेको नेपालले लगातार १० खेलमा जित हात पारेको छ । आईसीसी विश्वकप लिग–२ को पछिल्ला १२ मध्ये ११ खेल जितेको नेपाल विश्वकप छनोटमा पुगेको थियो भने धरासायी भएको नेपालको एकदिवसीयमा नेपालले रोमाञ्चक सफलता हात पारेको थियो ।

सम्बन्धित समाचार

प्रकाशित : वैशाख १९, २०८० १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?