कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल र युएईबीचको खेल पानीले प्रभावित

काठमाडौँ — एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेल पानीले रोकिएको छ । नेपाल र युएईबीच भइरहेको खेलमा सोमबार बिहान पानी परेपछि रोकिएको छ । आज बिहान १० बजेर २५ मिनेटमा त्रिवि क्रिकेट मैदानमा पानी परेपछि खेल प्रभावित बनेको हो । नेपालले टस जितेर बलिङ गरिरहेको छ । युएईले १६ ओभरमा ५ विकेट गुमाउँदै ६० रन बनाएको छ ।

नेपाल र युएईबीचको खेल पानीले प्रभावित

जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार सोमबार र मंगलबार नै हावाहुरीसहित वर्षा हुने सम्भावना ८० प्रतिशतभन्दा बढी हुने मौसम पूर्वानुमान छ ।

सोमबार खेल हुँदाहुँदै रोकिएको खण्डमा मंगलबारबाट पुनः सुरुदेखि खेल हुनेछ । मंगलबार पनि खेल नभएमा सुपर ओभर गरिनेछ । पहिलो सुपर ओभर ‘टाइ’ भएमा दोस्रो सुपर ओभर हुनेछ ।

सुपर ओभरका लागि पनि मैदान खेल्न योग्य नभएमा वरीयताको हिसाबमा विजेताको निर्णय हुनेछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एकदिवसीय वरीयताअनुसार यसको निर्णय हुनेछ । यस्तोमा यूएईभन्दा माथि रहेका कारण नेपाल विजेता बन्नेछ । एकदिवसीय अन्तर्राष्ट्रियको विश्व वरीयतामा नेपाल १४ औं र यूएई १९ औं स्थानमा छन् ।

प्रकाशित : वैशाख १८, २०८० १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?