कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५३

स्टार एकेडेमी टी–२० च्याम्पियन

काठमाडौँ — स्टार क्रिकेट एकेडेमीले बलियो नेपाल कप अन्तर एकेडेमी टी–२० क्रिकेटको सोमबार फाइनलमा कर्णाली एकेडेमीलाई ७ विकेटले हराउँदै उपाधि जितेको छ ।

स्टार एकेडेमी टी–२० च्याम्पियन

टस जितेको कर्णालीले १९.१ ओभरमा सबै विकेट गुमाएर ७२ रन बनायो । विराट भण्डारीले १५ रन बनाए । स्टारबाट सुमित पराजुलीले १७ रन खर्चिंदै ३ र शुभम खनालले २ विकेट लिए । ७३ रनको लक्ष्य पाएको स्टारले ९.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

ओपनर अनमोलले २५ रन र कप्तान अमर मिश्रले २२ रन बनाए । स्टारका विक्रम सिंहले चौका प्रहार गर्दै जित निकाल्न सफल रहे । कर्णालीका सन्दीप ठकुरी, भरत क्षेत्री र आदित्य शाहले १–१ विकेट लिए ।

फाइनल प्लेयर अफ द म्याच स्टार एकेडेमीका सुमित अर्याल चुनिए । उत्कृष्ट बलर पोखरा क्रिकेट एकेडेमीका प्रदीप अर्याल, उत्कृष्ट ब्याटर विराटसिंह भण्डारी र प्लेयर अफ द सिरिज स्टारकै कप्तान अमर मिश्र पुरस्कृत भए ।

विजेतालाई सांसद सोविता गौतम, पूर्वराष्ट्रिय कप्तान पारस खड्का, शक्ति गौचनलगायतले पुरस्कृत गरे । विजेताले ५० हजार, तथा उपविजेताले २५ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट ब्याटर र बलरले समान ७ हजार तथा सर्वोत्कृष्ट खेलाडीले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

बलियो नेपाल न्युट्रिसन इनिसिएटिभले राष्ट्रिय टिमका करण केसी, यू–१९ टिमका अर्जुन कुमाल र सुवास भण्डारीलाई नगदसहित सम्मान गरेको छ ।

प्रकाशित : चैत्र २७, २०७९ २२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×