दिल्लीविरूद्ध लखनउ सजिलै विजयी

लखनउ — लखनउ सुपर जायन्ट्सले शनिबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा दिल्ली क्यापिटल्समाथि सजिलो ५० रनको जित निकालेको छ । जितका लागि १ सय ९४ रनको लक्ष्य पछ्याएको दिल्लीले नौ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।

‘प्लेयर अफ द म्याच’ मार्क उडले १४ रन खर्चेर पाँच विकेट लिएपछि दिल्ली कुनै पनि समय आफ्नो लक्ष्यको नजिक रहेन् । कप्तान डेविड वार्नरले बनाएको ५६ रन नै एक मात्र उल्लेखनीय प्रदर्शन रह्यो ।
त्यस अगाडि पहिले ब्याटिङ गरेको दिल्लीले केली मेयर्सको ३८ बलकामा ७३ रनको मदतले छ विकेट गुमाएर १ सय ९३ रनको ठोस स्कोर खडा गरेको थियो ।
प्रकाशित : चैत्र १९, २०७९ ०७:०२