कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

लिभरपुलमाथि सिटीको उत्कृष्ट पुनरागमन जित

एजेन्सी

म्यानचेस्टर — म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार लिभरपुलमाथि ४–१ को उत्कृष्ट पुनरागमन जित रचेको छ । जितसँगै सिटीले उपाधि होडमा आफ्नो मजबुत चुनौती पनि कायम राख्यो ।

लिभरपुलमाथि सिटीको उत्कृष्ट पुनरागमन जित

लिभरपुलले मोहमद सलाहको गोलले अग्रता लिएको थियो । त्यसयता पेप ग्वार्डिआलोको सिटीका लागि लुनियन अल्भारेज, केभिन डे ब्रुएना, इलकय गुन्डोगन र ज्याक ग्रेलिसले गोल गरे । यो जितपछि सिटीको २८ खेलबाट ६४ अंक भएको छ । यो शीर्ष स्थानमा रहेको आर्सनलसँग ५ अंकको दूरी हो । लिभरपुल भने ४२ अंकमै सीमित रहेर छैटौं स्थानमा रह्यो । हारले उसको युरोपेली च्याम्पियन्स लिग खेल्ने अभियान अझ कमजोर भएको छ ।

प्रकाशित : चैत्र १८, २०७९ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×