एक लाख दर्शकअगाडि गुजरात विजयी

काठमाडौँ — ओपनर शुभमन गिलको ६३ रनको मद्दतमा डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सले शुक्रबार एक लाख दर्शकअगाडि इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा विजयी सुरुवात लिएको छ । उसले चेन्नई सुपर किंग्सलाई पाँच विकेटले हराएको हो ।

एक लाख दर्शकअगाडि गुजरात विजयी

जितका लागि १ सय ७९ रन पछ्याएको गुजरात चार बल बाँकी छँदा जितसम्म पुगेको थियो । गिलले ३६ बलमा खेलको आक्रामक प्रदर्शनमा टिकेर विश्व क्रिकेटकै सबैभन्दा ठूलो स्टेडियममा यो जित निकालेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नाइका लागि भने रुतुराज गायकवाडले ५० बलमा ९२ रन बनाए । उनले चार चौका र नौ छक्का प्रहार गरे । पछि गिलले आफ्नो इनिङ्समा छ चौका तथा तीन छक्का प्रहार गरे ।

खेलका ‘प्लेयर अफ द म्याच’ भने गुजरातका रसिद खान भए । उनले चार ओभरमा २६ रन खर्चेर दुई विकेट लिएका लिएका थिए । आईपीएसलको १६ औं संस्करणको उद्घाटनको अवसर भब्य कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रकाशित : चैत्र १८, २०७९ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?