कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

पाभार्डको उत्कृष्ट गोलमा फ्रान्स विजयी

एजेन्सी

पेरिस — बेन्जामिन पाभार्डको उत्कृष्ट गोलको मद्दतले फ्रान्सले युरो २०२४ छनोटमा सोमबार आयरल्यान्डलाई १–० ले हराएको छ । डबलिनमा भएको समूह ‘बी’ को खेलमा पाभार्डले ५० औं मिनेटमा निर्णायक गोल गरेका हुन् ।

पाभार्डको उत्कृष्ट गोलमा फ्रान्स विजयी

नथान एकेले दुई गोल गरेपछि यसै समूहको अर्को खेलमा नेदरल्यान्ड्सले जिब्राल्टरलाई ३–० ले हरायो । मेम्फिस डेपेले डच टिमका लागि अर्को गोल गरे । नेदरल्यान्ड्सको पूर्ण नियन्त्रण भएको खेलमा जिब्राल्टर १० खेलाडीमा सीमित रहेको थियो ।

अन्य खेलमा सर्बियाले मोन्टेनेग्रोलाई २–०, हंगेरीले बुल्गेरियालाई ३–०, स्विडेनले अजरबैजानलाई ५–०, अस्ट्रियाले इस्टोनियालाई २–१ र पोल्यान्डले अल्बानियालाई १–० ले पराजित गर्‍यो । मोल्डोभा र चेक गणतन्त्रले गोलरहित बराबरी खेले ।

प्रकाशित : चैत्र १४, २०७९ ०६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×