आर्मी ‘बी’ लाई बास्केटबल उपाधि

कान्तिपुर संवाददाता

काठमाडौँ — आर्मीको ‘बी’ टिमले एलडीबीए थ्री बाइ थ्री पुरुष खुला बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा मंगलबार भएको फाइनलमा आर्मी ‘बी’ ले आफ्नै ‘ए’ टिमलाई २१–१७ स्कोरले पराजित गरेको हो ।

यस टोलीबाट रविन खत्री, अजय कुशवाहा, निकेश रखाल मगर र सुदीप पौडेलले खेलेका थिए । आर्मी ‘ए’ बाट विनोद महर्जन, आयुष सिंह, निश्चल महर्जन र अमृत कोइरालाले प्रतिस्पर्धा गरे ।

विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । नगद पुरस्कार अमेरिकामा बस्दै आएका चित्रकुमार बस्नेतले प्रायोजन गरेका हुन् । ललितपुर जिल्ला बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा विजेताका रविन खत्री मोस्ट भ्यालुएबल प्लेयर घोषित भए । उनले ब्रान्ड हाउसद्वारा प्रायोजित गिफ्ट ह्याम्पर पाए । भनीमण्डल युवा क्लब ‘इमर्जिङ टिम’ चुनियो । भनिमण्डलले १० हजार पुरस्कार पायो ।

विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, प्लाटिनम क्लबका मिलन कार्की र आयोजक ललितपुर जिल्ला बास्केटबल संघका महासचिव शरद विष्टले पुरस्कृत गरे ।

नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा भएको दुईदिने प्रतियोगितामा २४ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित : चैत्र १३, २०७९ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्

जनप्रतिनिधिहरूलाई कानुनी रूपमा सवल बनाउन न्यायिक सम्मेलन गर्दैछौं : उपप्रमुख डंगोल

'टुकुचा खोतल्ने,सुकुम्बासी बस्तीमा डोजर चलाउने विषयमा मेयरले समन्वय गर्नुभएको थिएन, बोर्डबाट कुनै निर्णय भएको थिएन ।'
'काठमाडौं महानगरपालिकामा अहिले हेर्दाखेरी लगभग ७५ प्रतिशत घरबहालको नै समस्या आउने गर्दछ ।'
'जनप्रतिनिधि भएपछि गुनासो सुन्न तयार हुनुपर्छ त्यसैका लागि त हामी आएका हौं नि !'
कान्तिपुर संवाददाता

काठमाडौँ — स्थानीय तहमा न्यायिक समितिको संयोजक उपप्रमुख हुने व्यवस्था छ । स्थानीय स्तरमा हुने वादविवाद तथा त्यही सल्टाउन सकिने विषयहरूलाई स्थानीय स्तरमै समाधान गर्ने उद्देश्यले न्यायिक समितिको कल्पना गरिएको छ ।

स्थानीय स्तरमा हुने न्याय सम्पादनका क्रममा देखिएका समस्या,चुनौती र सम्भावनालाई मध्यनजर गर्दै नेपालमा पहिलो पटक न्यायिक समितिको राष्ट्रिय सम्मेलन हुँदैछ । यसको नेतृत्व काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले गर्दैछिन् । यही चैत १५ र १६ गते महानगरको आयोजनामा हुने सम्मेलनको सन्दर्भमा उपप्रमुख डंगोलसँग न्यायिक समिति,अनुगमन, महानगरको गतिविधि र मेयर बालेन्द्र शाहको कदमका विषयमा रहेर केन्द्रित भएर कान्तिपुरका गोविन्द पोखरेलले गरेको कुराकानी पूरा पढ्न : 'महानगरलाई 'वान पर्सन सो' बनाउनुहुँदैन'

प्रकाशित : चैत्र १३, २०७९ २०:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×