भुटानमाथि नेपालको ५ गोल

काठमाडौँ — नेपालले बंगलादेशमा भइरहेको साफ यू–१७ वमेन्स च्याम्पियनसिपमा बुधबार पहिलो जित निकालेको छ । बंगलादेशमा भइरहेको प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई सजिलै ५–० ले हराएको हो ।

नेपालले पहिलो हाफमा ३ गोल गरेयता दोस्रो हाफमा २ थपेको हो । खेलको १६ औं मिनेटमा वर्षा ओलीले गोलको खाता खोलिन् । त्यसपछि ३० औं मिनेटमा दीपा रोकाया र ३४ औं मिनेटमा सेनु परियारले गोल गरिन् ।
दोस्रो हाफको ५० औं मिनेटमा वर्षाले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरिन् । सेनुले ५८ औं मिनेटमा पाँचौं गोल गरिन् । यो उनको दोस्रो व्यक्तिगत गोल पनि रह्यो ।
प्रकाशित : चैत्र ८, २०७९ २१:३४