चार क्रिकेटर सम्मानित

कान्तिपुर संवाददाता

गण्डकी — राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसीसहित यू–१९ का तीन खेलाडीलाई मंगलबार पोखरामा सम्मान गरिएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्च र पोखरा क्रिकेट एकेडेमीले करणसहित सुवास भण्डारी, अर्जुन कुमाल र दीपकराज डुम्रेलाई सम्मान गरेको हो ।

करणलाई मञ्चले २० हजार रुपैयाँसहित सम्मान गर्‍यो भने यू–१९ का खेलाडीलाई जनही ५ हजार प्रदान गरिएको छ । एकेडेमीले चारै खेलाडीलाई जनही ५ हजार प्रदान गरेको थियो ।

आईसीसी विश्वकप लिग २ का खेलमा करणले कुल ५० विकेट लिँदै सानदार प्रदर्शन गरेका थिए । सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपमा छनोट भएका यू–१९ का तीन खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

उनीहरूलाई मञ्चका कार्यबाहक अध्यक्ष दिलबहादुर गुरुङ, निवर्तमान अध्यक्ष तेज गुरुङ, संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाट, क्रिकेट एकेडेमीका अध्यक्ष बबिन कुँवर, उपाध्यक्ष सन्तोष श्रेष्ठलगायतले नगद र सम्मानपत्र प्रदान गरे ।

प्रकाशित : चैत्र ७, २०७९ २२:१७
प्रतिक्रिया
पठाउनुहोस्

अन्तर कलेज क्रिकेटमा दीपकको अर्धशतक

कान्तिपुर संवाददाता

काठमाडौँ — दोस्रो प्याट्रियोट्स कप अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगितामा मंगलबार ओरियन्ट र पिनाकल कलेज विजयी भएका छन् ।

मूलपानी क्रिकेट मैदानमा ओरियन्टले पब्लिक युथ क्याम्पसलाई ८४ रनले हरायो । ओरियन्टले दीपक महतोको अर्धशतकमा २० ओभरमा ९ विकेट गुमाई १ सय ३८ रन बनाएको थियो । पब्लिक युथ जवाफमा ५४ रनमै समेटियो । दीपकले अलराउन्ड प्रदर्शन गर्ने ३ विकेट लिए । उनलाई दिनेश बुढामगरले साथ दिए । उनले पनि ३ विकेट लिए । दीपक प्लेयर अफ द म्याच भए ।

अर्को खेलमा पिनाकलले प्राइम कलेजलाई ४८ रनले हरायो । टस जितेको पिनाकलले खडक बोहराको ४६ र विशालविक्रम केसीको २० रनमा ५ ओभरमा एक विकेट गुमाई ७१ रन बनायो । वर्षाका कारण ओभर छोट्याइएको खेलमा प्राइमले छ ओभरमा ५ विकेट गुमाई २३ रनमात्र बनाउन सक्यो । खडक प्लेयर अफ द म्याच भए ।


प्रकाशित : चैत्र ७, २०७९ २२:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×