कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

फुटबलको रकम क्रिकेट खेलाडी कोषलाई

काठमाडौँ — एमडीएसी स्पोर्ट्सले विश्वकप क्रिकेटको छनोटमा स्थान बनाएको नेपाली राष्ट्रिय टिमको सम्मानमा शनिबार एक खेलको टिकट बिक्रीबाट संकलन हुने रकम खेलाडी कल्याणकारी कोषलाई दिने भएको छ । 

फुटबलको रकम क्रिकेट खेलाडी कोषलाई

एमडीएसीले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘उत्कृष्ट खेलकौशल प्रदर्शन गरेर अविश्वसनीय नतिजालाई साकार पार्दै विश्वकप छनोटमा प्रवेश गरेको अवसरमा चैत्र ४ गते बेलुकी ५:३० बजे दशरथ रंगशालामा हुने एपीएफ र मनाङ मर्स्याङदीबीचको खेलमा राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई सम्मान गरिने छ ।

उक्त खेलको टिकट बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम क्यानको खेलाडी कल्याणकारी कोषमा हस्तान्तरण गरिनेछ ।’ टिकटदर १ सय र ३ सय रुपैयाँ तोकिएको छ ।

प्रकाशित : चैत्र ४, २०७९ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×