कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

नोभिस बक्सिङको तयारी

प्रताप विष्ट

हेटौंडा — हेटौंडामा मंगलबारदेखि हुने ‘अल नेपाल नोभिस बक्सिङ’ प्रतियोगिताको तयारी पूरा भएको छ । हेटौंडा उपमहानगरपालिका–४ परिजातपथस्थित कभर्डहलमा पत्रकार सम्मेलन गरी मकवानपुर जिल्ला बक्सिङ संघका अध्यक्ष दीपेश जोशीले प्रतियोगिताका सबै तयारी पूरा भएको जानकारी दिएका छन् ।

संघ र वाग्मती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा हुने प्रतियोगितामा २३ जिल्लाबाट ३७ क्लबका १ सय ७८ खेलाडीले प्रतिस्पर्धा गर्ने अध्यक्ष जोशीले बताए । त्यसमा २८ महिला खेलाडी हुने छन् । प्रतियोगितामा १७ देखि २१ वर्ष उमेरसम्मका खेलाडीले भाग लिन पाउने छन् । नोभिस प्रतियोगिता सहभागी खेलाडीको पहिलो औपचारिक प्रतिस्पर्धाको रूपमा रहनेछ । प्रतियोगितामा १६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । त्यसमा पुरुषमा ९ र महिलामा ७ तौल समूह रहेको छ ।

मकवानपुरका ७ खेलाडीले भाग लिनेछन् । तौल समूहका पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः १० हजार, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट टिम, उत्कृष्ट रेफ्री र उत्कृष्ट लुजरलाई जनही ३ हजारबाट पुरस्कृत गरिनेछ । राम्रो खेल्दाखेल्दै पनि हारेका एकजना खेलाडीलाई ‘वेस्ट लुजर’ मा पुरस्कृत गरिने अध्यक्ष जोशीले बताए ।

जिल्ला बक्सिङ संघका उपाध्यक्ष एवं हेटौंडा उपमहानगरपालिका–५ का वडाध्यक्ष सुशील घिमिरेले प्रत्येक दिनका म्यान अफ द म्याचलाई ३ हजार रुपैयाँ उपलब्ध गराउने बताए । बक्सिङका पूर्वअन्तर्राष्ट्रिय खेलाडीसमेत रहेका घिमिरेले मकवानपुरका २३ खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको खेलमा पदक जितेको जानकारी गराए । पदक विजेता खेलाडीलाई प्रतियोगितामा सम्मान गरिने भएको छ ।

प्रकाशित : फाल्गुन ३०, २०७९ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×