कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

मार्सेसँग पराजित भएपछि पीएसजी फ्रेन्च कपबाट बाहिर

काठमाडौँ — १४ पल्टको कीर्तिमानी विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) बुधबार फ्रेन्च कपबाट बाहिरिएको छ । अन्तिम १६ को खेलमा पीएसजीलाई उसको सबैभन्दा मुख्य प्रतिद्वन्द्वी मार्सेले २–१ ले हराएको हो ।

मार्सेसँग पराजित भएपछि पीएसजी फ्रेन्च कपबाट बाहिर

मार्सेका लागि एलेक्स सान्चेजले पेनाल्टीबाट पहिलो गोल गरे । सर्जियो रामोसले पीएसजीका लागि एक गोल फर्काएयता रुस्लान मिलानोभ्स्कीले निर्णायक गोल गरे ।

फ्रान्सेली लिग वानमा मार्से शीर्ष स्थानमा रहेको पीएसजीपछि दोस्रोमा छ र दुई टिमबीच आठ अंकको अन्तर छ । मार्सेले अन्तिम पटक सन् १९८८–८९ मा फ्रेन्चकप जितेको थियो ।


प्रकाशित : माघ २६, २०७९ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×