धनगढीमा सातौं एलपीएल सुरु- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनगढीमा सातौं एलपीएल सुरु

कान्तिपुर संवाददाता

धनगढी — धनगढीमा विद्यालयस्तरीय यू–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को सातौं संस्करण शनिबार सुरु भएको छ । उदघाटन खेलमा साबिक विजेता सत्यवती एकेडेमी विजयीले लोटस आई सेकेन्डरी स्कुल अत्तरियालाई २८ रनले हरायो ।

फाप्ला क्रिकेट मैदानमा टस जितेको सत्यवतीले २० ओभरमा ६ विकेट गुमाई १ सय २६ रन बनायो । लोटसले १७.३ ओभरमा सबै विकेट गुमाई ९८ रनमात्रै बनाउन सक्यो ।

लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्टसको आयोजनामा फागुन ६ सम्म चल्ने प्रतियोगितामा कैलाली र कञ्चनपुरका १० विद्यालयको सहभागिता छ । प्रतियोगिताको सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले उदघाटन गरे । विजेताले २ लाख ५१ हजार १११ र उपविजेतालाई १ लाख २५ हजार ५२५ रुपैयाँ पुरस्कार पाउनेछन् ।

विद्यालयमा लुकेर रहेका क्रिकेट प्रतिभालाई बढीभन्दा बढी एक्सपोजर दिन तथा उमेर समूहको क्रिकेट विकास गर्ने उद्देश्यसहित प्रतियोगिता गरिएको आयोजकको भनाइ छ ।

प्रकाशित : माघ २२, २०७९ ०६:४०
प्रतिक्रिया
पठाउनुहोस्

वेस्ट ह्यामसँग न्युकासलको निराशाजनक बराबरी

एजेन्सी

लन्डन — खराब लयबाट गुज्रिरहेको वेस्ट ह्यामले शनिबार सेन्ट जेम्स पार्कमा न्युकासल युनाइटेडलाई १–१ को बराबरीमा रोकेको छ । कलम विल्सनको गोलले अग्रता लिए पनि न्युकासल निराशाजनक बराबरीमा रोकिएको हो ।

पहिलो हाफमै वेस्ट ह्यामका लागि लुकास पाक्वेटाले बराबरी गोल फर्काए । यो नतिजापछि न्युकासल ४० अंकका साथ चौथो स्थानमा झर्‍यो । त्यस्तै वेस्ट ह्याम भने १९ अंकमा १६ औं स्थानमा छ ।

शनिबारका अन्य खेलमा खराब समयबाट गुज्रिरहेको लिभरपुल उल्भ्सको हातबाट ३–० ले स्तब्ध रह्यो । यो जितपछि उल्भ्स २० अंकमा १५ औं स्थानमा उक्लिएको छ । तेस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले भने क्रिस्टल प्यालेसलाई २–१ गोलान्तरले पराजित गर्‍यो ।

त्यस्तै लेस्टरले एस्टन भिल्लालाई ४–२, ब्रेन्टफोर्डले साउथह्याम्पटनलाई ३–० र ब्राइटनले बर्नमाउनथलाई १–० ले पराजित गर्‍यो ।

प्रकाशित : माघ २२, २०७९ ०६:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×