रोहिणी अध्यक्ष कपको उपाधि १ नं वडालाई- खेलकुद - कान्तिपुर समाचार

रोहिणी अध्यक्ष कपको उपाधि १ नं वडालाई

सन्जु पौडेल

तिलोत्तमा — रोहिणी अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधि रोहिणी गाउँपालिका वडा नम्बर १ ले जितेको छ । फाइनल खेलमा रोहिणी–२ लाई ४९ रनले पराजित गर्दै रोहिणी–१ ले उपाधि जितेको हो । टस जितेर रोहिणी–२ ले बलिङ रोज्यो ।

सुरुमा ब्याटिङ गरेको रोहिणी–१ ले निर्धारित १६ ओभरमा ९ विकेट गुमाउँदै २ सय १९ रन बनायो । उसका लागि धिरुले ८५, अबरारले ४१ र सम्सादले २६ रनको योगदान गरे । बलिङमा रोहिणी–२ का आकाश, विनायक र सई मोहम्मदले २/२ विकेट लिए ।

जितका लागि २ सय २० रनको लक्ष्य पाएको रोहिणी–२ ले १६ ओभरमा ९ विकेटको क्षतिमा १ सय ७० रन बनायो । उसको लागि कमलले ५८, इन्जमामले ४० र पंकजले ३८ रनको योगदान गरे । बलिङमा रोहिणी–१ का धिरुले ३ र अफसरले २ विकेट लिए । प्रतियोगितामा धिरु म्यान अफ द म्यान अफ द सिरिज घोषित भए ।

प्रतियोगितामा प्रथम हुने टीमलाई ६० हजार र उपविजेता हुने टीमलाई ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको प्रतियोगिताका संयोजक रुपेश कुर्मीले बताए । त्यस्तै, सेमिफाइनलमा पुगेका दुइटा टीमलाई १५/१५ हजार रुपैयाँ प्रदान गरिएको कुर्मीले जानकारी दिए । प्रतियोगितामा गाउँपालिकाका-७ वटा वडाका ७ र एउटा कर्मचारीको टीम गरी ८ वटा टीमको सहभागिता थियो ।

प्रकाशित : माघ १४, २०७९ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्

साइबर आक्रमणको प्रयास : सरकारी वेबसाइटहरू डाउन

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्भरमा समस्या आएकाले केही समयदेखि नेपाल सरकारमातहत रहेका सबै वेबसाइटहरू खुलेका छैनन् । सर्भरमा समस्या आएकाले १ घण्टादेखि सरकारी वेबसाइट बन्द भएको राष्ट्रिय सूचना तथा प्रविधि केन्द्रका प्रवक्ता रमेश पोखरेलले जानकारी दिए ।

बाहिरबाट साइबर आक्रमणको आशंकामा सबै वेबसाइट डाउन गरिएको उनले बताए । 'एक घण्टादेखि सर्भरमा समस्या देखिएको हो । बाहिरबाट साइबर आक्रमणको प्रयास नै भएजस्तो देखिन्छ । अबको ५/१० मिनेटमा सबै समस्या समाधान हुन्छ,' उनले भने । उनका अनुसार मुख्य सर्भरको मेमोरी र सिपियुमा लग हेरेपछि मात्रै कहाँबाट आक्रमण भएको हो थाहा हुनेछ । प्रायःजसो सरकारी वेबसाइट सरकारको एकीकृत डाटा सेन्टरबाट होस्टिङ हुँदै आएको छ ।

सर्भरमा समस्या हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं यात्रुसमेत अलपत्र परेका छन् । गृह मन्त्रालयमातहतको अध्यागमनको सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन नसेकेको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए ।

सम्बन्धित समाचार

प्रकाशित : माघ १४, २०७९ १५:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×