कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लिगकप : न्युकासल पुग्यो फाइनलनजिक

काठमाडौँ — साउदी अरेबियाको लगानी भित्रिएयता न्युकासल युनाइटेड मंगलबार पहिलो पटक लिगकप फाइनल नजिक पुगेको छ । जोलिनटनले ७३ औं मिनेटमा गरेको गोलमा न्युकासल लिगकप सेमिफाइनलमा पहिलो खेलमा साउथह्याम्पटनलाई १–० ले हरायो ।

लिगकप : न्युकासल पुग्यो फाइनलनजिक

यससँगै न्युकासल घर बाहिर यो महत्त्वपूर्ण जित निकालेको हो । अब सेन्ट जेम्स पार्कमा अर्को साता दोस्रो लेगको खेल हुनेछ । यस सिजन न्युकासलले आफ्नो घरेलु मैदानमा कुनै पनि खेल गुमाएको छैन् ।

एक गोलले पछाडि रहेको स्थिति उल्टाउन साउथह्याम्पटनले इंग्लिस फुटबलमा अहिलेको सबैभन्दा बलियो रक्षापंक्तिलाई एक भन्दा बढी अवसरमा तोड्नु पर्नेछ । न्युकासलले पछिल्ला १२ खेलमध्ये ११ मा क्लिन सिट राखेको छ ।

प्रकाशित : माघ ११, २०७९ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?