१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

वाग्मती प्रदेशस्तरीय पुरुष भलिबलको उपाधि चितवनलाई

रामेछाप — रामेछापमा भएको वाग्मती प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि चितवनले हात पारेको छ । शनिबार भएको फाइनलमा रामेछापलाई हराएर चितवनले उपाधि उचालेको हो । 

वाग्मती प्रदेशस्तरीय पुरुष भलिबलको उपाधि चितवनलाई

आयोजक नेपाल खेलकुद महासंघका अनुसार चितवनले २५–१८, २८–२५ र २५–१३ अंकले रामेछापलाई पराजित गरेको हो । विजेता टोलीले २ लाख रुपैयाँ नगद प्राप्त गरेको छ । द्वितीय हुने रामेछापले १ लाख रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा सिन्धुपाल्चोकले तेस्रो र धादिङले सान्त्वना स्थान हासिल गरेका थिए ।

चार दिनअघिदेखि सुरु भएको प्रतियोगितामा ललितपुर र भक्तपुरबाहेक वाग्मती प्रदेशका ११ वटा टिमको सहभागिता थियो ।

प्रकाशित : माघ ७, २०७९ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?