करातेका अमिरले पेरिस ओपन खेल्ने


काठमाडौँ — पेरिस ओपन करातेमा नेपालका एक खेलाडीले भाग लिने भएका छन् । उनी र प्रशिक्षक मंगलबार फ्रान्सको पेरिस गएका छन् । जनवरी २० देखि २२ सम्म हुने प्रतियोगितामा अमिर राणाले ८४ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् ।


अमिरले दुबई र थाइल्यान्डमा भएको प्रतियोगितामा स्वर्ण जितेका थिए ।
प्रशिक्षकमा १० औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता कुशल श्रेष्ठ रहेका छन् । सन् २०१२ मा भएको पेरिस ओपन करातेमा कुशल खेलाडीका रूपमा सहभागी भएका थिए ।
प्रकाशित : माघ ३, २०७९ २१:०४