कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६

ललितपुरमा रात्रिकालीन मेयर कप टेबल टेनिस हुने

काठमाडौँ — रात्रिकालीन चौथो मेयर कप अन्तर वडा नगद पुरस्कार टेबलटेनिस प्रतियोगिता अर्को साता हुने भएको छ । ललितपुर जिल्ला टेबल टेनिस संघ, महानगरपालिका वडा १२ र युवा क्लब हःखाको संयुक्त आयोजनामा हुने प्रतियोगिता पुस २५ देखि ३० सम्म चल्नेछ ।

ललितपुरमा रात्रिकालीन मेयर कप टेबल टेनिस हुने

प्रतियोगितामा ललितपुर महानगरभित्रका २९ वडाका ५ सयभन्दा बढी खेलाडीको सहभागिता रहनेछ ।उनीहरूले कुल १३ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

कुल १६ लाख ५० हजार रुपैयाँ बजेट भएको प्रतियोगिताका लागि ५ लाख वडा १२ तथा महानगरबाट ३ लाख रुपैयाँ प्रायोजनका रूपमा प्राप्त हुने अध्यक्ष नारायणलाल अवालेले बताए ।

विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गरिनेछ । यो प्रतियोगिता हरेक संस्करण हरेक वडाले आयोजना गर्ने क्यालेन्डर नै बनाइएको छ । यसपालि पाटन दरबार स्क्वायरस्थित मंगलबजार कोटपाटीमा गरिनेछ ।

प्रकाशित : पुस २२, २०७९ २१:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×