कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

साउदी अरब पुगे रोनाल्डो

काठमाडौँ — कीर्तिमानी रकममा अल नासर क्लबमा आबद्ध भएका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो साउदी अरब पुगेका छन् । अल नासरले रोनाल्डो साउदी आइपुगेको र उनलाई स्वागत गर्दै गरेको तस्बिर सार्वजनिक गरेको छ । 

साउदी अरब पुगे रोनाल्डो

रोनाल्डो सन् २०२५ सम्मका लागि साउदी अरेबियाको अल नासरसँग अनुबन्ध भएका हुन् । त्यस अगाडि म्यानचेस्टर युनाइटेडको कडा आलोचना गरेपछि दुवै पल्टले एकापसमा अलग हुने निर्णय गरेका थिए ।

नयाँ अनुबन्धअनुसार रोनाल्डोले प्रत्येक वर्ष साउदी क्लबबाट १७ करोड ७० लाख पाउन्ड(झन्डै २८ अर्ब नेपाली रुपैयाँ) पारिश्रमिक लिनेछन् । यो विश्व फुटबल इतिहासमै अहिलेसम्मको सबैभन्दा बढी पारिश्रमिकको कीर्तिमान हो ।

अनुबन्धपछि ३७ वर्षीय रोनाल्डोले आफू नयाँ देशमा फरक फुटबल अनुभव बटुल्न उत्सुक रहेको बताएका छन् । साउदी प्रो लिग च्याम्पियन अल नासरले पनि रोनाल्डोलाई अनुबन्ध गरेर नयाँ इतिहास बनाउने क्रममा रहेको बताएको छ ।

तस्बिरहरू : अल नासर

प्रकाशित : पुस १९, २०७९ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?