कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पथरी प्रिमियर लिगको उपाधि टेन नवोदयलाई

विनोद भण्डारी

विराटनगर — पथरी शनिश्चरे प्रथम प्रिमियर लिग फुटबलको उपाधि टेन नवोदय फुटबल क्लबले जितेको छ ।

पथरी प्रिमियर लिगको उपाधि टेन नवोदयलाई

कोरोना कहर र पछिल्लो परिवर्तित राजनीतिक घटनालाई बिर्सिदै शनिबार पथरी खेल मैदानमा भएको फाइनल खेलमा नवोदयले द रियल ब्रदर्स क्लबलाई १–० गोलको कठिन जित दर्ता गर्दै उपाधि हात पार्‍यो ।

पहिलो हाफमा दुवै टिमले गोलविहीन बराबरी खेल खेल्दा खेलको ५८ औं मिनेटमा नवोदयका लागि रोशन माझीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनको गोल नै निर्णायक बन्दा टिमले १ लाख ७५ हजार रुपैयाँ राशीको पुरस्कार थाप्यो । माझीले विपक्षी पेनाल्टी बक्सबाट जिकज्याक गोल गरे । उपविजेताले ७५ हजारमा चित्त बुझायो ।

प्रतियोगितामा पथरी शनिश्चेर नगरपालिकाभित्रका विभिन्न ८ वटा क्लबको सहभागिता थियो । ती सबै क्लब धनीले प्रति खेलाडी न्यूनतम ३ हजार देखि बढीमा १० हजार रुपैयाँ सम्ममा बढीमा एक लाख रुपैयाँ खर्चेर अक्सनबाट खेलाडी खरिद गरेका थिए ।

प्रतियोगिताको सर्वोकृष्ट र उत्कृष्ट खेलाडी विजयी टिममा गोलरक्षक अर्जुन बस्नेत चुनिए ।

उनले १० हजार रुपैयाँ पाए । त्यसैगरी उत्कृष्ट डिफेन्स श्रीजंगका जहरमान लिम्बु, उत्कृष्ट फरवाड नवोदयका रोशन माझी र उदयीमान खेलाडी वाई जीएफटीका सञ्जय लिम्बु घोषित भए । उनीहरुले जनही ५ हजार पुरस्कार पाए ।

प्रकाशित : पुस ११, २०७७ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?