कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतले जित्यो ट्वान्टी ट्वान्टी शृंखला

(एजेन्सी)

सिड्नी — भारतले अस्ट्रेलिया विरुद्धको ट्वान्टी ट्वान्टी सिरिज आइतबार जितेको छ । भारतले तीन खेलको शृंखलामा निर्णायक २–० अग्रता लिएको हो । उसले शृंखलाको दोस्रो खेलमा अस्ट्रेलियालाई ६ विकेटले हरायो ।

भारतले जित्यो ट्वान्टी ट्वान्टी शृंखला

पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा पाँच विकेट गुमाएर १ सय ९४ रन बनायो । त्यसमा कप्तान म्याथ्यु वेडले ३२ बलमा ५८ रन बनाए । यस्तै स्टिभ स्मिथले ३८ बलमा ४६ रन जोडे । जवाफमा हार्दिक पान्ड्याले खेलको अन्त्यतिर २२ बलमा ४२ रन बनाएपछि भारतले १९.४ ओभरमा चार विकेट गुमाएर १ सय ९५ रन बनायो । यस्तै शिखर धवनले ३६ बलमा ५२ बनाए ।

प्रकाशित : मंसिर २१, २०७७ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?