कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आईटीएफ यू–१८ टेनिस प्रतियोगितामा अभिलाषालाई स्वर्ण

काठमाडौँ — नेपाली टेनिस खेलाडी अभिलाषा विष्टले आईटीएफ इस्लामाबाद जुनियर्स यू–१८ प्रतियोगिताको सर्किट १ मा शनिबार स्वर्ण जितेकी छन् । 

आईटीएफ यू–१८ टेनिस प्रतियोगितामा अभिलाषालाई स्वर्ण

गर्ल्स डबल्स फाइनलमा अभिलाषाले रसियाकी एरिना भालिटिभासँग मिलेर रसियाकी एकातेरिना सुभोरोभ र पाकिस्तानकी जोहा असिमलाई पराजित गरिन् ।

गर्ल्स सिंगल्समा भने अभिलाषा दोस्रो भएको नेपाल टेनिस संघका सदस्य अजय विष्टले जनाएका छन् । फाइनलमा रसियाकी एरिनाले अभिलाषालाई हराइन् ।

पाकिस्तानमा भइरहेको प्रतियोगिताको ब्वाइज डबल्समा नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावत दोस्रो भए । फाइनलमा नेपाली जोडी अमेरिकाका रोहन बेल्डे र एलेक्जेन्डर कर्मानसँग पछि परे ।

नोभेम्बर २३ देखि सुरु प्रतियोगितामा रसिया, स्पेन, अमेरिका, नेपाल, पकिस्तान, ग्रेट ब्रिटेन, अस्ट्रेलिया र जापानको सहभागिता रहेको सदस्य बिष्टले जानकारी गराए । सर्किट– २ सोमबारदेखि सुरु हुनेछ ।

प्रकाशित : मंसिर १३, २०७७ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?