कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

नेपाललाई तीन स्वर्ण

काठमाडौँ — पाकिस्तान गोजुरियो कराते महासंघको आयोजनामा भएको ओपन २०२० वर्ल्ड वाइड ई–काता च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण, ५ रजत र २ कांस्य पदक जितेको छ ।

नेपाली खेलाडी सञ्जु देशार, सुविता गौतम र अनुभा मंग्रातीले नेपालका लागि स्वर्ण दिलाएका हुन् । सञ्जुले महिला १४ देखि १८ वर्ष एडभान्स समूह, सुविताले १० वर्षमुनि इन्टरमिडियट विधा र अनुभाले ११–१४ वर्ष इन्टरमिडियट विधामा स्वर्ण जितेका छन् ।

जुलियाना मोक्तान, नान्सी क्षेत्री, रवीन्द्र मानन्धर, रिना श्रेष्ठ र नीता आचार्यले रजत जितेका थिए । सत्कार घर्ती मगर र राजकुमार श्रेष्ठ भने कांस्यमै सीमित भए ।

प्रकाशित : मंसिर ११, २०७७ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?