कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पिंक बलमा भारतीय बलर अभ्यस्त हुने शास्त्रीको विश्‍वास

रोयटर्स

नयाँदिल्ली — भारतीय क्रिकेट प्रशिक्षक रवि शास्त्री मान्छन्, आफ्नो टिमसँग अस्ट्रेलियामा ‘पिंक बल’ सँग खेल्ने अनुभव कम छ, तर आफ्ना बलर यसमा अभ्यस्त हुन सक्षम छन् ।

पिंक बलमा भारतीय बलर अभ्यस्त हुने शास्त्रीको विश्‍वास

भारतीय टिमका पाँच पेसम्यानले अस्ट्रेलियाविरुद्ध लगातार हुन लागेको टेस्ट शृंखलामा उत्कृष्ट प्रदर्शन गर्न तयार रहेको उनी बताउँछन् ।

अस्ट्रेलियाले अहिलेसम्म सात दिवारात्रि टेस्ट खेलेको छ । यो कुनै पनि टिमले खेलेको यस्तो सर्वाधिक खेल हो । सन् २०१५ का यी सातै खेलमा अस्ट्रेलिया विजयी रहेको छ । भारत भने विश्व क्रिकेटको यो नयाँ प्रयोगका लागि आफैं नयाँ छ । अहिलेसम्म एउटै दिवारात्रि टेस्टमात्र खेलेको छ ।

गत वर्ष कोलकातामा भारतले ‘पिंक बल’ टेस्टमा बंगलादेशको सामना गरेको थियो । वर्ल्ड टेस्ट च्याम्पियनसिपको शीर्ष दुई स्थानमा रहेका टिमबीचको चार टेस्टको शृंखलाको पहिलो खेल दिवारात्रि प्रतिस्पर्धा छ । यो डिसेम्बर १७ देखि एलिलेडमा सुरु हुनेछ ।

शास्त्री भनेका छन्, ‘पक्कै पनि दिवारात्रि टेस्टमा हाम्रो अनुभव कम छ ।’ शास्त्रीले थपेका छन्, ‘हामीले अहिलेसम्म एकै दिवारात्रि टेस्टमात्र खेलेका छौं । तर यसको अस्ट्रेलियासँग तुलना गर्न मिल्दैन, किनभने बंगलादेश फरक टिम हो । यी दुई टिममा धेरै फरक छ । हाम्रा खेलाडीसँग यसको राम्रो अनुभव नभए पनि म चाहन्छु, हाम्रा खेलाडी मैदानमा उत्रियोस् र यसको मज्जा लिन सक्षम होस् ।’

कप्तान विराट कोहलीले दुई सिजनअगाडि भारतलाई अस्ट्रेलियाली भूमिमा पहिलो टेस्ट शृंखला जितको उपलब्धि दिलाएका थिए । तर उनी एडिलेड टेस्टमा आफ्नो सन्तानको जन्मका लागि भारत फर्कने छन् । उनको अनुपस्थितिमा भारतीय ब्याटिङक्रम प्रभावित हुने मान्छन्, तर पाँच बलरले त्यो कमजोरी छोप्ने मान्छन् ।

भारतको पाँच बलरमा जसप्रित बुमराह र मोहम्मद सामी रहेका छन् । प्रशिक्षक शास्त्रीले भनेका छन्, ‘हामीसँग पाँच उत्कृष्ट बलर छन् । हामीले जति रन बनाउने छौं, त्यसलाई यी बलरले रक्षा गर्नेछन् ।’

प्रकाशित : मंसिर १०, २०७७ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?