कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

न्युकासलमाथि चेल्सीको दुई गोल

रोयटर्स

लन्डन — चेल्सीले इंग्लिस प्रिमियर लिगमा शनिबार न्युकासल युनाइटेडलाई २–० ले हराएको छ ।

न्युकासलमाथि चेल्सीको दुई गोल

जितसँगै चेल्सी युरोपेली च्याम्पियन्स लिगको मध्यसातामा हुने खेल अगाडि बलियो स्थितिमा रहेको छ ।

चेल्सीले बुधबार फ्रान्सेली प्रतिद्वन्द्वी रेनेसविरुद्ध खेल्नेछ । यो जितपछि चेल्सीको ९ खेलबाट १८ अंक भएको छ । न्युकासल भने ११ अंकमा १३ औं स्थानमा रह्यो ।

खेलको दसौं मिनेटमा चेल्सीले आत्मघाती गोलको उपहार प्राप्त गरेको थियो र यो दुर्भाग्यशाली गोल गर्ने खेलाडी फेडरिको फर्नान्डेज रहे । खेलको ६५ औं मिनेटमा टमी अब्राहिमले चेल्सीका लागि दोस्रो गोल गरे ।

प्रकाशित : मंसिर ६, २०७७ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?