सिटीसँग ग्वार्डिओलाको नयाँ अनुबन्ध

रोयटर्स

म्यानचेस्टर — म्यानचेस्टर सिटी व्यवस्थापक पेप ग्वार्डिओलाले बिहीबार क्लबसँग नयाँ अनुबन्ध गरेका छन् । त्यसअनुसार उनी सन् २०२२–२०२३ को सिजनसम्म सिटीमै रहनेछन् । स्पेनी फुटबल प्रशिक्षक ग्वार्डिओलाले सन् २०१६ मा सिटी आएयता दुई इंग्लिस प्रिमियर लिग र एक एफएकप जितेका छन् ।

सिटीसँग ग्वार्डिओलाको नयाँ अनुबन्ध

क्लब प्रमुख खाल्डुन मुबारकले भनेका छन्, ‘ग्वार्डिओलासँग नयाँ अनुबन्ध निकै स्वाभाविक छ र अझ यो लम्बिएको छ । यो क्लब र उनीबीचको आपसी विश्वास तथा सम्मानको कारणले सम्भव भएको हो ।’ ग्वार्डिओलाले सन् २००८ बाट क्लब प्रशिक्षकको भूमिका सुरु गरेका थिए ।

त्यसमध्ये उनी सबैभन्दा लामो समय पाँच वर्षदेखि सिटीमा छन् । सन् २००९८–२०१२ सम्म ४९ वर्षीय ग्वार्डिओलाले बार्सिलोनामा बिताएका थिए । त्यसपछि उनी बायर्न म्युनिख गए । त्यहाँ सिटी आउनुअगाडि तीन वर्षसम्म रहेका थिए । उनले भनेका छन्, ‘जति बेलादेखि म म्यानचेस्टर सिटी आएको छु, क्लब र सहर दुवैले मलाई खुला हृदयले स्वागत गरेका छन् ।’

उनले अगाडि भनेका छन्, ‘सिटी आएदेखि हामीले सँगसँगै मिलेर काम गरेका छौं र यस क्रममा धेरै गोल भए, हामीले धेरै खेल पनि जित्यौं, अनि उपाधिहरू पनि हात पार्न सकेका छौं । यो सबै सफलतामा हामी सबै खुसी छौं ।’ घरेलु लिग र कप जितेयता उनीमाथि युरोपेली च्याम्पियन्स लिगको उपाधि जित्ने दबाब रहँदै आएको छ ।

प्रकाशित : मंसिर ५, २०७७ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?