कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुवर्णलाई निर्मल गोल्डकप 

शंकर आचार्य

पर्सा — ठोरीको निर्मलबस्तीमा आयोजित दोस्रो निर्मल गोल्डकप फुटबलको उपाधि सुवर्ण युवा क्लब सुवर्णपुरले जितेको छ ।

बुधबार सम्पन्न प्रतिस्पर्धात्मक फाइनलमा आयोजक निर्मल समाज युवा क्लबलाई पेनाल्टी सुटआउटमा ११–१० गोल अन्तरले पराजित गर्दै सुवर्ण युवाले उपाधि हात पारेको हो ।

खेलको मध्यान्तरअघि आयोजक निर्मल समाजले एक गोल गरी अग्रता लिएको थियो । आयोजकलाई घरेलु मैदान र स्थानीय दर्शकको ठूलो साथ मिलेको थियो । तर खेल सकिनै लाग्दा सुवर्ण युवाका खेलाडीले गोल गर्दै बराबरीमा गरेको थियो ।

रेफ्रीले त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा सुवर्ण युवाले बाजी मारेको हो । विजेता सुवर्णले ५० हजार ५ सय रुपैया र उपविजेता निर्मल समाजले २५ हजार नगद पुरस्कार पाए ।

प्रतियोगिताका उत्कृष्ट खेलाडी निर्मल समाज युवाका प्रदीप लामा र सर्वाधिक गोलकर्ता सुवर्ण युवाका राजेश परियार भए । दुवैले जनही ५ हजारसहित ट्रफी प्राप्त गरे ।

विजेतालाई प्रदेश सभा सदस्य शंकर चौधरी र ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले संयुक्त पुरस्कार वितरण गरे । निर्मल युवा क्लबका अध्यक्ष हीरा श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा अतिथिले शुभकामना मन्तव्य व्यक्त गर्दै कोरोना कहरबीच प्रतियोगिताले यस भेगमै खेलकुद गतिविधिलाई नयाँ जीवन दिएको बताए ।

प्रकाशित : मंसिर ४, २०७७ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?