१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

आज ब‌ंगलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल

इकान्तिपुर डेस्क

काठमाडौँ — नेपालले मंगलबार बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दैछ । बंगलादेशको राजधानी ढाकास्थित ‌बंगबन्धु रंगशालामा नेपाली समयअनुसार पौने ५ बजे खेल सुरु हुनेछ ।

आज ब‌ंगलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल

मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल शृङ्खलाअन्तर्गतको पहिलो खेलमा भने नेपाललाई बंगलादेशले २-० ले हराएको थियो । कात्तिक २९ गते भएको पहिलो मैत्रीपूर्ण खेलमा बंगलादेशले प्रत्येक हाफमा एक–एक गोल गरेको थियो ।

बंगलादेशसँगको पहिलो मैत्रीपूर्ण खेलमा नेपालका लागि विकास खवास, एरिक विष्ट र दर्शन गुरुङ गरी तीन खेलाडीले डेब्यू गर्ने अवसर पाएका थिए । डिफेन्डर विकासले सुरुदेखि खेल्न पाए भने एरिक ४०औं मिनेटमा मैदानमा प्रवेश गरेका थिए । विक्रम लामा घाइते भएर मैदान छाड्न बाध्य भएपछि एरिकले खेल्ने अवसर पाएका हुन् ।

कतार विश्वकप छनोटको तयारीस्वरुप नेपालले बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेलेको हो । कतार विश्वकपको एसियाली छनोटअन्तर्गत नेपालले ३ खेल खेल्न बाँकी रहेको छ ।

नेपालले दुई वर्षअगाडि सन् २०१८ को साफ च्याम्पियनसिपमा बंगलादेशलाई यही मैदानमा २–० ले पराजित गरेको थियो । योसँगै घरेलु मैदानमा बंगलादेश प्रतियोगिताबाटै बाहिरिएको थियो। बंगलादेशले त्यसको बदला लिन सफल भएको छ । बंगलादेशले नेपाललाई हराएको भने यो ५ वर्षपछि पहिलोपल्ट हो । सन् २०१५ मा भारतमा भएको साफ च्याम्पियनसिपअगाडि बंगलादेशले ढाकामै भएको मैत्रीपूर्ण खेलमा नेपाललाई १–० ले हराएको थियो ।

प्रकाशित : मंसिर २, २०७७ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?