कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आईपीएल : मुम्बईले क्‍वालिफायर–१ खेल्ने

एजेन्सी

दुबई — डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग २०२० को क्वालिफायर–१ खेल्ने निश्चित भएको छ ।

आईपीएल : मुम्बईले क्‍वालिफायर–१ खेल्ने

उसले शनिबारको खेलमा दिल्ली क्यापिटल्सलाई सजिलै ९ विकेटले हराएपछि अन्तिम अंक तालिकाको शीर्ष दुईमा रहने निश्चित भएको हो ।

मुम्बईको १८ अंक भएको छ र पहिलो स्थानमा छ । दिल्ली भने १४ अंकमा तेस्रो स्थानमा कायम रह्यो र अब उसको ‘प्ले अफ’ सम्भावना कमजोर बनेको छ । नेट रन रेट पनि कमजोर रहेकोले दिल्लीलाई गाह्रो हुन सक्छ ।

टस जितेर पहिले ब्याटिङका लागि ओर्लेको दिल्लीले २० ओभरमा नौ विकेट गुमाएर १ सय १० रन मात्र बनायो । मुम्बईका जसप्रित बुमराह र ट्रेन्ट बोल्टले तीन तीन विकेट लिए ।

जवाफमा मुम्बईले १४.२ ओभरमा एक विकेट मात्र गुमाएर १ सय ११ रन बनायो । इशान किसन ७२ रन बनाएर नटआउट रहे । दिल्लीका कोही पनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

प्रकाशित : कार्तिक १५, २०७७ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?