कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आईपीएल : मुम्बई इन्डियन्स प्लेअफ नजिक

एजेन्सी

अबुधाबी — सूर्यकुमार यादवको ७९ रनबाट प्रेरित मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बुधबार रोयल च्यालेन्जर्स बेंग्लोरलाई ५ विकेटले पराजित गरी प्लेअफमा स्थान लगभग पक्का गरेको छ ।

आईपीएल : मुम्बई इन्डियन्स प्लेअफ नजिक

राम्रो सुरुआत गरे पनि टस हारेपछि ब्याटिङमा आएको बेंग्लोरले अबुधाबी स्थित शेख जायेद रंगशालामा १६४–४ को स्कोरमात्र बनाउन सकेको थियो । ४३ बल खेलेका यादवले १० चौका र ३ छक्का प्रहार गरेपछि मुम्बईले ५ बल अगाडि नै लक्ष्य पूरा गर्‍यो ।

१२ खेलमा आठौं विजय हात पारेसँगै मुम्बईले प्लेअफमा स्थान बलियो पनि भएको छ । मुम्बई हाल शीर्ष स्थानमा रहेको छ । शीर्ष चार स्थानमा रहने टोली प्लेअफमा पुग्ने प्रावधान छ । त्यसमा पहिलो दुई स्थानमा रहने टोलीले क्वालिफायर १ मा खेल्ने छ र विजेता टोली फाइनलमा पुग्ने छ । पराजित हुने टोलीले तेस्रो र चौथो बीचको विजेतासँग फाइनलमा स्थान पाउन खेल्ने छ ।

बेंग्लोर र दिल्ली क्यापिटल्सको समान १४ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छ । किंग्स इलेभेन पञ्जाब, कोलकाता नाइट राइडर्स समान १२ अंकसहित क्रमशः चौथो र पाँचौं स्थानमा तथा सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स समान १० अंकसहित छैटौं र सातौं स्थानमा छ । आठ अंकसहित पुछारमा रहेको चेन्नई सुपर किंग्स प्लेअफ दौडबाट बाहिरिसकेको छ ।

क्विन्टन डी कक १८, इशान किसन २५ रनमा आउट भएपछि यादवले जमेर खेलेका थिए । सौरभ तिवारी ५, क्रुनाल पान्ड्या १०, हार्दिक पाण्ड्या १७ रनमा आउट भए । रोहित शर्मा घाइते भएपछि पछिल्ला खेलहरूमा कप्तानी गर्दै आएका किइरन पोलार्डले आफुले सामना गरेको पहिलो बलमै चौका प्रहार गरेपछि मुम्बईलाई अन्तिम ओभरमा जितका लागि ३ रन चाहिन्थ्यो ।

म्यान अफ द म्याच यादवले अन्तिम ओभरको पहिलो बलमै चौका प्रहार गरे ।

यसअघि बेंग्लोरबाट ओपनर देवदत्त पाडिक्कलले ७४ रन बनाएका थिए । उनले ४५ बल खेली १२ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर जोस फिलिप्सले २४ बलमा ४ चौका र १ छक्कासहित ३३ रन बनाए । कप्तान विराट कोहली ९, एबी डी भिलियर्स १५, शिवम दुबे २, क्रिस मोरिस ४ रनमा आउट भएका थिए । मुम्बईका जस्प्रित बुमराहले ४ ओभरमा १ मेडन राख्दै १४ रन खर्चेर ३ विकेट लिए ।

प्रकाशित : कार्तिक १३, २०७७ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?