कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मिलान र रोमाबीच ६ गोलको बराबरी

रोयटर्स

मिलान — ज्लाटन इब्राहिमोभिचले गरेको दुई गोलका बाबजुत एसी मिलानले इटालीको सिरी ए मा सोमबार ६ गोलको रोमाञ्चक बराबरी खेलेको छ ।

मिलान र रोमाबीच ६ गोलको बराबरी

सिजनको पहिलो लिग बराबरी खेल्ने क्रममा मिलानले ३–३ को नतिजामा चित्त बुझाए ।

मिलानले ३९ वर्षीय इब्राहिमोभिचको गोलले सुरुआती अग्रता लिएयता एडिन जेकोले बराबरी गोल फर्काए । लगतै एलेक्सिस सेलेमेकर्सले मिलानलाई दोस्रो पल्ट अग्रता दिलाए । रोमाका लागि जोर्डन भेरेटटले पेनाल्टीबाट फेरि बराबरी गोल गरे ।

इब्राहिमोभिचले खेललाई ३–२ को स्थितिमा पुर्‍याएपछि खेलको अन्त्यतिर मार्स कुम्बुलाले रोमाका लागि तेस्रो गोल गरे । अहिलेसम्म अपराजित मिलानको पाँच खेलबाट १३ अंक भएको छ र शीर्ष स्थानमा छ ।

प्रकाशित : कार्तिक ११, २०७७ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?