कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इंग्लिस प्रिमियर लिग : वेस्ट ह्यामले म्यानचेस्टर सिटीलाई बराबरीमा रोक्यो

एजेन्सी

लन्डन — इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडले म्यानचेस्टर सिटीलाई बराबरीमा रोक्दै एक अंक जोड्न सफल भएको छ ।

इंग्लिस प्रिमियर लिग : वेस्ट ह्यामले म्यानचेस्टर सिटीलाई बराबरीमा रोक्यो

शनिबार लन्डन रंगशालामा भएको खेलमा वेस्ट ह्यामले सिटीलाई एक-एक गोलको बराबरीमा रोकेको हो । खेलको १८औं मिनेटमा मिचेल अन्टोनियोले गोल गर्दै वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा वेस्ट ह्याम एक-शून्यले अगाडि रहे पनि खेलको ५१औं मिनेटमा म्यानचेस्टर सिटीका लागि फिल फोडेनले बराबरी गोल फर्काए । त्यसपछि भने कुनै पनि टिमबाट गोल हुन सकेन ।

जितपछि वेस्ट ह्याम ८ अंकका साथ अंकतालिकाको १०औं स्थानमा उक्लेको छ । म्यानचेस्टर सिटी भने ८ अंकसहित नै ११औं स्थानमा रहेको छ । ५ खेलमा ४ जित र एक ड्र गरेको एभर्टन भने १३ अंकसहित जारी सिजनको अंकतालिकाको शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित : कार्तिक ८, २०७७ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?