कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्‍वकप छनोट : उत्कृष्ट 'कमब्याक' मा अर्जेन्टिना र ब्राजिल विजयी

नेयमारको ह्याट्रिक
एजेन्सी

मोन्टेभिडियो — दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेन्टिना र ब्राजिलले उत्कृष्ट पुनरागमनमा मंगलबार जित निकालेका छन् । अर्जेन्टिनाले बोलिभियालाई २–१ ले हरायो भने ब्राजिलले पेरुमाथि ४–२ को जित दर्ता गर्‍यो ।

विश्‍वकप छनोट : उत्कृष्ट 'कमब्याक' मा अर्जेन्टिना र ब्राजिल विजयी

त्यसमा नेमायरले ह्याट्रिक गरे । बोलिभियाले मार्सेलो मोरेनोको गोलले अग्रता लिएयता लउटारा मार्टिनेजले बराबरी गोल फर्काए । खेल सकिन ११ मिनेट अगाडि ज्याक्विन कोरेआले निर्णायक गोल गरे ।

ब्राजिल भने पेरुसँग दुई पल्ट पछाडि परेको थियो । पेरुले सुरुमा आन्द्रे करिलोले गोल गरेपछि नेयमारले पेनाल्टीबाट बराबरी गोल फर्काए । रेनाटो टपाआले पेरुलाई दोस्रो पल्ट अग्रता दिलाए । त्यसपछि ब्राजिलका तर्फबाट रिचार्लिसन एक र नेयमारले दुई गोल गरे ।

नेयमारको दोस्रो गोल पनि पेनाल्टीबाट नै सम्भव भएको थियो भने अन्तिम गोल इन्जयुरी समयमा निस्केको थियो । दिनका अन्य खेलमा इक्वेडरले उरुग्वेलाई ४–२ र पाराग्वेले भेनेजुएलालाई १–० ले पराजित गरेको छ ।

दक्षिण अमेरिकी समूहमा रहेका १० टिममध्ये शीर्ष ४ टोली कतार विश्वकप-२०२२ मा सोझै छनोट हुनेछन् भने पाँचौं स्थानमा रहने टिमले अन्तरक्षेत्रीय प्लेअफ खेल्नुपर्नेछ ।

प्रकाशित : आश्विन २८, २०७७ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?