कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोनाल्डोको दुई गोलमा युभेन्टसले रोमालाई बराबरीमा रोक्यो

एजेन्सी

रोम — क्रिस्टियानो रोनाल्डोले गरेको दुई गोलले १० खेलाडीमा सीमित युभेन्टसले आइतबार इटालीको सिरी ‘ए’ मा एएस रोमालाई २–२ को बराबरीमा रोक्यो ।

रोनाल्डोको दुई गोलमा युभेन्टसले रोमालाई बराबरीमा रोक्यो

रोमाले जोर्डन भेरेटोउटको दुई गोलमा दुई पल्ट अग्रता लिएको थियो । दुवै अवसरमा रोनाल्डोले बराबरी गोल फर्काए । भेरेटाउट र रोनाल्डो दुवैले एक-एक गोल पेनाल्टीबाट गरे ।

युभेन्टसका मिडफिल्डर एड्रियन रेबियट दोस्रो पहेँलो कार्डसँगै मैदान छाड्न बाध्य रहे र युभेन्टस दस खेलाडीमा सीमित रह्यो । युभेन्टसको दुई खेलबाट चार अंक भएको छ ।

यसअघि नेपोलीले जेनोआलाई ६–० र एसी मिलानले क्रोटोनेलाई २–० ले हराएको थियो ।

तस्बिर : रोयटर्स

प्रकाशित : आश्विन १२, २०७७ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?