आईपीएल : कोलकाताको पहिलो जित- खेलकुद - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आईपीएल : कोलकाताको पहिलो जित

एजेन्सी

दुबई — शुभमन गिल र इयोन मोर्गनले ७० बलमा ९२ रनको अविजित साझेदारी गरेपछि कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो जित निकालेको छ । कोलकाताले शनिबार सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्‍यो ।

प्लेयर अफ द म्याच गिलले ७० र मोर्गनले ४२ रन बनाएपछि कोलकाताले १ सय ४२ रनको लक्ष्य दुई ओभरअगाडि पूरा गर्‍यो । गिलले ६२ बल खेली ५ चौका र २ छक्का तथा मोर्गनले २९ बल खेली ३ चौका र २ छक्का प्रहार गरे । कोलकाता आफ्नो पहिलो खेलमा मुम्बई इन्डियन्ससँग ४९ रनले पराजित भएको थियो । हैदराबादको यो लगातार दोस्रो हार हो । टोली पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग पराजित भएको थियो ।

शेख जायेद रंगशालामा कोलकाताको सुरुआत राम्रो थिएन । ओपनर सुनिल नारिन आफूले सामना गरेको दोस्रो बलमै खालिल अहमदको बलमा शून्यमा आउट भए । नितिश रानाले १३ बल खेली ६ चौका प्रहार गरी २६ रन बनाए । कप्तान दिनेश कार्तिकलाई रशिद खानले शून्यमा एलबीडब्लू आउट गरे । यसअघि टस जितेर ब्याटिङ रोजेको हैदराबादलाई कोलकाताले १४२–४ को स्कोरमा रोकेको थियो । अस्ट्रेलियन बलर प्याट कुमिन्सले ४ ओभरमा १९ रनमात्र खर्चेर १ विकेट लिए । वरुण चक्रवर्तीले ४ ओभरमा २५ र एन्ड्रयु रसेलले २ ओभरमा १६ रन खर्चेर १–१ विकेट लिए ।

हैदराबादबाट मनिष पाण्डेले ५१ रन बनाए । ३८ बल खेलेर ३ चौका र २ छक्का प्रहार गरेका पाण्डेले रसेललाई उनकै बलमा क्याच दिन पुगे । कप्तान डेविड वार्नर पनि ३६ रन बनाई चक्रवर्तीको बलमा कट एन्ड बोल्ड भए । उनले ३० बल खेली २ चौका र १ छक्का प्रहार गरे । उनका ओपनिङ जोडी जोनी बेरिस्टोलाई प्याट कुमिन्सले ५ रनमा बोल्ड गरेपछि हैदराबादले सुरुदेखि नै दबाबमा खेलेको थियो ।

ऋद्धिमन शाह ३१ बलमा १ चौका र १ छक्का प्रहार गरी ३० रनमा रनआउट भए । मोहम्मद नाबी ८ बल खेल्दै ११ रनमा अविजित रहे । आइतबार राजस्थान रोयल्स र किंग्स इलेभन पन्जाबबीच खेल हुनेछ ।

प्रकाशित : आश्विन ११, २०७७ ०७:११
प्रतिक्रिया
पठाउनुहोस्

बेटिसमाथि रियलको तनावपूर्ण जित

रोयटर्स

सेभिया — रियल म्याड्रिडले स्पेनी ला लिगामा रियल बेटिसमाथि शनिबार तनाबपूर्ण ३–२ को जित रच्यो । यो लिगमा रियलको यो पहिलो जित हो । यसका लागि सर्जियो रामोसले खेलको अन्त्यतिर पेनाल्टीबाट निर्णायक गोल गरे ।

बेटिसका खेलाडीले भने ‘भार’ बाट भएको पेनाल्टीको निर्णयलाई लिएर चर्को विवाद गरेका थिए । पेनाल्टी एरियामा डिफेन्डर मार्क बारट्राले बल ह्यान्ड गरेका भए पनि उनलाई रियलका खेलाडीले धकेलेको देखिएको थियो ।

यसअघि दोस्रो हाफमा बेटिसका डिफेन्डर एरमसनलाई रातो कार्ड देखाइएको थियो । उनकै आत्मघाती गोलले खेल २–२ को बराबरीमा पुगेको थियो । रियलका लागि फेडरिको भाल्भेरडो पहिलो गोल गरे ।

बेटिसका तर्फबाट एइसा मान्डी र विलियम कारभाल्होले गोल गरे । शनिबारको अर्को खेलमा रियल सोसिडाडले एल्चेलाई ३–० ले हरायो । सोसिडाडको पनि यो सिजनको पहिलो लिग जित रह्यो ।

प्रकाशित : आश्विन ११, २०७७ ०७:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×