कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेटिसमाथि रियलको तनावपूर्ण जित

रोयटर्स

सेभिया — रियल म्याड्रिडले स्पेनी ला लिगामा रियल बेटिसमाथि शनिबार तनाबपूर्ण ३–२ को जित रच्यो । यो लिगमा रियलको यो पहिलो जित हो । यसका लागि सर्जियो रामोसले खेलको अन्त्यतिर पेनाल्टीबाट निर्णायक गोल गरे ।

बेटिसमाथि रियलको तनावपूर्ण जित

बेटिसका खेलाडीले भने ‘भार’ बाट भएको पेनाल्टीको निर्णयलाई लिएर चर्को विवाद गरेका थिए । पेनाल्टी एरियामा डिफेन्डर मार्क बारट्राले बल ह्यान्ड गरेका भए पनि उनलाई रियलका खेलाडीले धकेलेको देखिएको थियो ।

यसअघि दोस्रो हाफमा बेटिसका डिफेन्डर एरमसनलाई रातो कार्ड देखाइएको थियो । उनकै आत्मघाती गोलले खेल २–२ को बराबरीमा पुगेको थियो । रियलका लागि फेडरिको भाल्भेरडो पहिलो गोल गरे ।

बेटिसका तर्फबाट एइसा मान्डी र विलियम कारभाल्होले गोल गरे । शनिबारको अर्को खेलमा रियल सोसिडाडले एल्चेलाई ३–० ले हरायो । सोसिडाडको पनि यो सिजनको पहिलो लिग जित रह्यो ।

प्रकाशित : आश्विन ११, २०७७ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?