कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रियल बराबरीमा रोकियो

एजेन्सी

म्याड्रिड — लिग च्याम्पियन रियल म्याड्रिड स्पेनी ला लिगाको आफ्नो पहिलो खेलमा आइतबार रियल सोसिडाडको हातबाट गोलरहित बराबरीमा रोकिएको छ ।

रियल बराबरीमा रोकियो

जिनेदिन जिदानको रियलले निराशाजनक सुरुवात गरेको छ ।

युरोपेली च्याम्पियन्स लिग खेलेको हुनाले एक साता बढी आराम पाएको रियलले राम्रो प्रदर्शन गर्न सकेन् र आक्रमणमा सुस्त तथा कमजोर देखिएको थियो ।

सोसिडाडका लागि भने म्यानचेस्टर सिटीका पूर्व खेलाडी डेविड सिल्भाले डेब्यु गरे । सोसिडाडले पनि आकर्षक आक्रमण बुन्न सकेन ।

प्रकाशित : आश्विन ५, २०७७ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?