कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेल फेरि टोटनहममा

एजेन्सी

लन्डन — वेल्सका स्टार खेलाडी गेराथ बेलको फेरि टोटनहम फर्कने औपचारिकता शनिबार पूरा भएको छ । टोटनहमले उनीसँग एक वर्षका लागि अनुबन्ध गरेको छ । बेल रियल म्याड्रिडबाट ऋणमा आएका हुन् । 

बेल फेरि टोटनहममा

सन् २०१३ मा बेल कीर्तिमान आठ करोड ५० लाख पाउन्डमा टोटनहमबाटै रियल गएका थिए । रियल बसाइमा उनले सय भन्दा बढी गोल गरे र चार अवसरमा युरोपेली च्याम्पियन्स लिग जिते ।

टोटनहमका खेलाडी भएपछि बेलले भनेका छन्, ‘मेरो लागि टोटनहम विशेष क्लब हो, जहाँ मैले आफ्नो नाम स्थापित गरें । फेरि यहाँ फर्कन पाएकोमा खुसी छुं ।’

वेल्सका लागि खेल्न क्रममा घुँडामा चोट बोकेका बेलले टोटनहमका अबका पाँच खेलसम्म भने उपलब्ध हुने छैनन् । रियल छँदा प्रशिक्षक जिनेदिन जिदानसँग उनको सम्बन्ध राम्रो हुन सकेको थिएन् ।

प्रकाशित : आश्विन ४, २०७७ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?